Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्रीज्यू,घोषणापत्र कार्यान्वायन गर्न कसले घेराबन्दीमा गर्‍यो ?’ : रवि लामिछाने

‘प्रधानमन्त्रीज्यू,घोषणापत्र कार्यान्वायन गर्न कसले घेराबन्दीमा गर्‍यो ?’ : रवि लामिछाने

  • मंगलवार, पौष ३ २०८०

  • 583
    SHARES

  • ‘प्रधानमन्त्रीज्यू,घोषणापत्र कार्यान्वायन गर्न कसले घेराबन्दीमा गर्‍यो ?’ : रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घोषणापत्र कार्यान्वायन किन नगरेको भन्दै प्रश्न गर्नु भएको छ। चुनावको समयमा घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गर्नुभयो।

    आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले निर्वाचनमा प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रको घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाउनु भएको हो।

    माओवादी घोषणापत्रको पृष्ठ ११ को ६ नम्बरमा ०४७ सालको परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख एवं सदस्यहरु, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न अयाोग गठन गरिने उल्लेख रहेको रविले सम्झाउनुभयो ।

    त्यस्तै गत वर्ष पुसमा प्रचण्ड नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुको सहकार्यमा सरकार गठन हुँदा तयार गरिएको साझा न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन गर्ने विषय समावेश रहेको रविले सम्झिनु भयो।

    २५ पुसको साझा न्यूनतम कार्यक्रममा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसनधान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्ने कुरा रहेको उहाँले पटकपटक स्मरण गर्नुभयो।


    मंगलवार, पौष ३ २०८००३:५४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij