Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

  • मंगलवार, पौष ३ २०८०

  • 335
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको छ।

    बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएको छ ।

    यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ। अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि छलफल हुने कार्यतालिका रहेको छ ।

    माओवादीले मंसिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो। तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ।

     


    मंगलवार, पौष ३ २०८००७:५५:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij