Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विप्लवसहितका नेताविरुद्ध भएको पक्राउ पुर्जीमा समाजवादी मोर्चाको आपत्ति

विप्लवसहितका नेताविरुद्ध भएको पक्राउ पुर्जीमा समाजवादी मोर्चाको आपत्ति

  • सोमवार, पौष २ २०८०

  • 536
    SHARES

  • विप्लवसहितका नेताविरुद्ध भएको पक्राउ पुर्जीमा समाजवादी मोर्चाको आपत्ति
    काठमाडौं । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
     
    मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गर्नुभयो ।
     
    मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताविरुद्ध भएको पक्राउ पुर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
     
    उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आबद्ध छन् ।
    387494429_387973440246896_5217634128537008107_n.webp


    सोमवार, पौष २ २०८००४:२६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij