Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपाल जेसिजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

नेपाल जेसिजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

  • सोमवार, पौष २ २०८०

  • 632
    SHARES

  • नेपाल जेसिजको अध्यक्षमा रविन पोखरेल निर्वाचित

    काठमाडौं। नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित हुनु भएको छ। बुटवलमा हिजो सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४का लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो।

    यसपटक नेतृत्वका लागि पोखरेलसँगै विजय गुरुङ, रजनी थापा, रश्मी सिल्पकार गरी ४ जना प्रतिष्पर्धामा हुनुहुन्थ्यो। हिजो भएको निर्वाचनमा अन्य प्रतिद्वन्दीलाई पछी पार्दै ३१ वर्षीय पोखरेलले ८४ मतान्तरले विजयी हासिल गर्नुभएको हो।

    निर्वाचनमा कुल १५ सय मतदातामध्ये १ हजार ३७ मत खसेको थियो जसमा पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाउनुभयो । पोखरेल नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुँदै यसअघि कार्यकारिणी उपाध्यक्षसमेत भैसक्नुभएका पोखरेल अघिल्लो निर्वाचनमा पनि अध्यक्षको आकांक्षी हुनुहुन्थ्यो ।

    कार्यकारिणी उपाध्यक्ष ४ जनाका लागि ८ जनाको उम्मेदवारी परेकामा सिनेटर अनुप सुनुवार, जेसी राजाराम गौतम, जेसी भिमबहादुर कुँवर (राजु) र सिनेटर सन्दिप अग्रहरी विजयी हुनुभयो।

    उपाध्यक्षमा १२ जनाका लागि २२ जनाको उम्मेदवारी परेकामा जेसी अमर घिमिरे, जेसी सौरब श्रेष्ठ, जेसी राजन शर्मा पौडेल, जेसी सीताकुमारी भण्डारी, जेसी एलिना महर्जन, जेसी बहादुर तामाङ, जेसी स्वपना पौडेल भण्डारी, जेसी योगेश राजवंशी, जेसी घनश्याम चौधरी, जेसी नबराज उपाध्याय, जेसी गणेश सापकोटा र जेसी अचुत उप्रेती विजयी हुनुभयो।

    नवनिर्वाचित अध्यक्ष पोखरेलले महासचिवमा जेसी सरोज अधिकारी र कानूनी सल्लाहकारमा सिनेटर नरेशचन्द्र ओझालाई मनोतित गर्नुभएको छ। भने कोषाध्यक्षमा जेसी खेमराज थापा आउनु भएको छ।

     


    सोमवार, पौष २ २०८००९:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij