Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिगमा काठमाडौं र धनगढी खेल्ने

नेपाल सुपर लिगमा काठमाडौं र धनगढी खेल्ने

  • सोमवार, पौष २ २०८०

  • 475
    SHARES

  • नेपाल सुपर लिगमा काठमाडौं र धनगढी खेल्ने

    काठमाडौं। नेपाल सुपर लिग(एनएसएल)फुटबल प्रतियोगितामा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी बिच प्रतिष्पर्धा हुँदैछ।त्रिपुेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे हुनेछ। त्रिविको दिक्षान्त कार्यक्रमका कारण हिजो हुने खेल आजलाई सारिएको हो।

    अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो।यसपटक भने तालिकामा काठमाडौं भन्दा धनगढी अगाडि छ। ५ खेलबाट ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ।

    यसअघिको खेलमा वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै पोखरा थन्डर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अर्को खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।


    सोमवार, पौष २ २०८००९:१९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij