Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उखु किसानको ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय

उखु किसानको ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय

  • आइतवार, पौष १ २०८०

  • 924
    SHARES

  • उखु किसानको ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय

    काठमाडौं । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ ।

    आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिव लगायत उपस्थित रहेका थिए ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवलाई निर्देशितसमेत दिनुभएको छ ।


    आइतवार, पौष १ २०८००५:०१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij