Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेले सुरु गरेको समृद्धि संकल्प यात्राको आज १८औं दिन

एमालेले सुरु गरेको समृद्धि संकल्प यात्राको आज १८औं दिन

  • आइतवार, पौष १ २०८०

  • 297
    SHARES

  • एमालेले सुरु गरेको समृद्धि संकल्प यात्राको आज १८औं दिन

    काठमाडौं । नेकपा एमालेले सुरु गरेको समृद्धि संकल्प यात्राको आज १८औं दिन हो । आज १८ औं अथवा अन्तिम दिन यात्रा टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्दैछ।

    हिजो पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्ने र साँझ फिदिमा नै बास बस्ने कार्यक्रम रहेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

    आज फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ । ३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुन फर्किएर साँझसम्ममा टोली फिदिम पुग्ने ज्ञवालीले बताउनुभयो ।

     


    आइतवार, पौष १ २०८००८:१६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij