Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनका लागि आज चुनाव चिह्न प्रदान गरिँदै

राष्ट्रियसभा निर्वाचनका लागि आज चुनाव चिह्न प्रदान गरिँदै

  • आइतवार, पौष १ २०८०

  • 332
    SHARES

  • राष्ट्रियसभा निर्वाचनका लागि आज चुनाव चिह्न प्रदान गरिँदै

    काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिदैँ छ ।

    दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

    त्यसैगरी पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।

    आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

     


    आइतवार, पौष १ २०८००८:०६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij