Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको महासमिति बैठक सरेको सर्‍यै,सिंगो पार्टी नै देउवाको चेपुवामा,ईतर पक्षको गुनासो मात्रै(खासखबर)

कांग्रेसको महासमिति बैठक सरेको सर्‍यै,सिंगो पार्टी नै देउवाको चेपुवामा,ईतर पक्षको गुनासो मात्रै(खासखबर)

  • शनिवार, मंसिर ३० २०८०

  • 651
    SHARES

  • कांग्रेसको महासमिति बैठक सरेको सर्‍यै,सिंगो पार्टी नै देउवाको चेपुवामा,ईतर पक्षको गुनासो मात्रै(खासखबर)

    काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक यो अथवा त्यो बहानामा पटक पटक सरेको छ। कांग्रेस महासमिति बैठक राष्ट्रिय सभा निर्वाचनका कारण भन्दै तेस्रो पटक सारिएको छ। पुसमा हुने भनिएको महासमिति बैठक फेरि सरेको हो।

    महासमिति बैठकमा गठवन्धनबारे प्रश्न तथा आन्तरिक मतभेदका विषय उठ्न सक्ने र त्यसले राष्ट्रियसभा निर्वाचनमा समेत असर पार्न सक्ने आँकलन गरेर बैठक सारिएको स्रोत बताउछ। अहिले कांग्रेसको शेखर समुह र महामन्त्री गगन थापा समुहले गठवन्धन सरकारको आलोचना गरिरहेका छन्।

    कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले राष्ट्रिय सभा निर्वाचनका कारण पुस १६ देखि १९ गतेसम्म तय गरिएको महासमिति बैठक सार्ने निर्णय गरको जानकारी दिनुभएको हो।विश्वकर्माका अनुसार महासमिति बैठक अब सर्दै नसर्ने गरेर फागुन ७ गतेदेखि १० गतेसम्म पहिले भनिएकै स्थान गोदावरीमा बस्ने निर्णय भएको हो।

    कांग्रेसका पूर्वसहमहामन्त्री संस्थापन ईतरका नेता अर्जुनरसिंह केसीले महासमिति बैठक सर्ने निर्णयप्रति फरक मत राख्नुभएको छ। उहाँले आफु बैठक सार्न हुदैन भन्ने पक्षमा रहेको तर विभीन्न कारण देखाउदै बैठक सारिएकाले यसले जनतामा राम्रो सन्देश नजाने बताउनुहुन्छ।

    महासमितिको बैठक तेस्रोपटक सार्ने निर्णयको असन्तुष्ट समुहका नेता शेखर कोइराला पक्षले विरोध गरेका छन्। पार्टी क्यालेन्डर अनुसार सञ्चालन गर्ने भनिए पनि पटक–पटक बैठकको मिति सारेको भन्दै सभापति देउवाको कार्यशैलीको विरोध गरेका हुन्।

    कांग्रेसको शेखर समूहले यसअघि आफू पक्षधर नेताहरुको भेला डाकेर महासमिति बैठक निर्धारित समय अर्थात पुसमै गर्नुपर्ने बताएको थियो । पार्टीका महामन्त्री गगन थापाले महासमिति बैठक समयमै गर्नुपर्छ भन्नेबारे छलफल भएको बताउनुभएको थियो।

    कांग्रेसको महासमिति बैठक सरेको यो तेस्रो पटक हो। यसअघि मंसिर १३ देखि १५ सम्म तय गरिएको थियो। तर जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा गएको भूकम्पका कारण मंसिर २९, ३० र पुस १ र २ गते बस्ने गरि सारिएको थियो।

    मंसिर अन्तिम साता बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै पुनः स्थगित गरि पुस १६ देखि १९ गरेसम्मका लागि तय भएको थियो । तर पहिल्लो पटक फेरि सारेर फागुन ७ गतेदेखि १० गतेसम्म मिति तय भएको छ।

    बैठक सारिरहदा राम्रो सन्देश नजाने नेता कार्यकर्ताले बताईरहदा पार्टी सभापति शेर बहादुर देउवाले महासमिति बैठक सार्ने बिषयमा ईतर समुहका नेता शेखर कोईरालालाई समेतलाई सहमत गराएको बताईएको छ।

     


    शनिवार, मंसिर ३० २०८००८:०४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij