Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘कांग्रेसमा अब नयाँ ऊर्जासहितको नेतृत्व आउँछ’ : विश्वप्रकाश शर्मा

‘कांग्रेसमा अब नयाँ ऊर्जासहितको नेतृत्व आउँछ’ : विश्वप्रकाश शर्मा

  • शनिवार, मंसिर ३० २०८०

  • 842
    SHARES

  • ‘कांग्रेसमा अब नयाँ ऊर्जासहितको नेतृत्व आउँछ’ : विश्वप्रकाश शर्मा

    काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताउनु भएको छ।

    नेपाली कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा उहाँले दुई वर्षपछि हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो।

    ‘आगामी फागुनमा हुने महाधिवेशन बैठकले पार्टीलाई दिशानिर्देश गर्छ, त्यसपछिको महाधिवेशनबाट नयाँ ऊर्जासहितको नेतृत्व आउँछ’, महामन्त्री शर्माले भन्नुभयो,‘पुरानो भावना र नयाँ विश्वाससहितको कांग्रेस देशलाई चाहिएको छ ।’

    कमजोरी सुधारेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वले देश र जनताको हितमा काम गर्नुपर्ने उहाँले बताउनुभयो। महामन्त्री शर्माले देशलाई अब विकासमात्र नभएर गुणस्तरीय विकास चाहिएको बताउनुभयो ।


    शनिवार, मंसिर ३० २०८००३:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij