Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मानवसेवाभन्दा माथि कुनै विचार सिद्धान्त छैन: प्रधानमन्त्री प्रचण्ड

मानवसेवाभन्दा माथि कुनै विचार सिद्धान्त छैन: प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, मंसिर ३० २०८०

  • 583
    SHARES

  • मानवसेवाभन्दा माथि कुनै विचार सिद्धान्त छैन: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताउनुभएको छ। जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताउनुभयो।

    हेटौँडामा आज आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको बताउनुभयो। उहाँले मानवसेवा आश्रमका अभियन्ताहरुले राज्यले गरेको काम गरिरहेका बताउनुभयो ।

    उक्त कार्यमा सहयोग गर्न आफू मातहतबाट पहल भइरहेको र त्यसका लागि सरकारका मन्त्री र सचिवहरुसँग छलफल भइरहेको उहाँको भनाइ छ।उहाँले अब छिट्टै सरकारको घोषणाअनुसार भवन निर्माणको काम अघि बढ्ने बताउनुभयो। आश्रमलाई सवारी साधनको व्यवस्था हुने बताउँदै उहाँले छिट्टै ७ वटा गाडी उपलब्ध गराउने जानकारी दिनुभयो ।

    नेपालबाट विश्वभर मानवताको सन्देश दिन सम्भव रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। उक्त कार्यका लागि हामी सबैको मुख्य उद्देश्य मानव सेवा हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो।

    मानवसेवा भन्दा माथिको विचार सिद्धान्त नै नभएको उहाँले दाबी गर्नुभयो। मानवसेवा आश्रमलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ नगद उपलब्ध गराउने सम्बन्धमा प्रयत्नरत रहेको उहाँले बताउनुभयो ।


    शनिवार, मंसिर ३० २०८००३:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij