काठमाडौं। एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा आज तेह्रथुमको आठराई पुगेको छ।
सोहि अवसरमा बोल्दै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताउनु भएको छ।
आज तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकषिर्त नरहेको पाएको बताउनु भएको हो ।
एमालेप्रति जनताको क्रेज रहेका बताउँदै उहाँले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको दाबीसमेत गर्नुभयो। एमाले पहिचान विरोधी नभएको प्रष्टीकरणसमेत दिनुभएको छ। उहाँले अर्को प्रसंगमा वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको आरोपसमेत लगाउनुभयो।