Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारबाट बाहिरिने लोसपाको संकेत,अध्यक्ष ठाकुरलाई चौतर्फी दबाब

सरकारबाट बाहिरिने लोसपाको संकेत,अध्यक्ष ठाकुरलाई चौतर्फी दबाब

  • शुक्रवार, मंसिर २९ २०८०

  • 1.1K
    SHARES

  • सरकारबाट बाहिरिने लोसपाको संकेत,अध्यक्ष ठाकुरलाई चौतर्फी दबाब

    काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल सरकारबाट बाहिरिने संकेत गरेको छ। वरिष्ठ नेता राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्न आग्रह गर्नुभएको छ।

    नेता महतोले आज एक विज्ञप्ति जारी गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबध भएर प्रतिकारमा उत्रिन आह्वान गर्नुभयो ।

    लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो। मधेस आन्दोलनको क्रममा असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले हिजो शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको छ ।

    महतोले नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रहसमेत गर्नुभएको छ।

    लोसपाका अन्य नेताहरुले पनि अध्यक्ष ठाकुरलाई सरकार छाडेर आन्दोलनमा जान दबाब दिएका छन् । लोसपाले आज महोत्तरीको जलेश्वरमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ। आज एक दिन प्रदर्शन गर्ने र त्यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पार्टीले पुनः छलफल गर्ने नेताहरु बताउँछन्।


    शुक्रवार, मंसिर २९ २०८००४:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij