Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाणलाई बढ्यो धरौटी रकम

बालकृष्ण खाणलाई बढ्यो धरौटी रकम

  • शुक्रवार, मंसिर २९ २०८०

  • 1.2K
    SHARES

  • बालकृष्ण खाणलाई बढ्यो धरौटी रकम

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटी रकम बुझाएर रिहा हुन लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले पजि १५ लाख रुपैयाँ धरौटी मागेको छ।

    आज काठमाडौँ जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएर विभाग लगिएका खाणसँग विभागले १५ लाख मागेपछि विभागमा सो रकम बुझाएका छन्। विभागमा खाणले धरौटी बुझाएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। खाणमाथि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले पनि अनुसन्धान गरिरहेको छ।

     


    शुक्रवार, मंसिर २९ २०८००४:०६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij