काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने पुस १२ गतेदेखि बस्ने भएको छ ।
पार्टीको महासमिति बैठक फागुन ७ देखि १० सम्मका लागि सार्ने निर्णय भएपछि पुस १२ गतेका लागि केन्द्रीय समिति बैठक बस्ने भएको हो ।
कांग्रेस नेता डा. प्रकाशशरण महतले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने जानकारी दिनुभयो ।
केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ । यसअघि शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।