Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाणले धरौटी रकमका लागी देखाए बैंक ग्यारेन्टी

बालकृष्ण खाणले धरौटी रकमका लागी देखाए बैंक ग्यारेन्टी

  • शुक्रवार, मंसिर २९ २०८०

  • 586
    SHARES

  • बालकृष्ण खाणले धरौटी रकमका लागी देखाए बैंक ग्यारेन्टी

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणले बैंक ग्यारेन्टी राखेर छुट्ने भएका छन्।

    उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश पाएका खाणले ३० लाख रुपैयाँ धरौटी बापतको रकम बैंक ग्यारेन्टी देखाएका हुन्।

    धरौटी बुझाएको पत्र कारागारले पठाएपछि उनलाई काठमाडौं जिल्ला अदालत पठाउने छ।अदालतले तारेखमा राखेपछि खाणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रहरीले लैजानेछ।

    सम्भवतः यी दुवै निकायले खाणसँग धरौटी माग्नेछन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँचवटा कसुर लगाएर खाणसहित करिब तीन दर्जन व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो।

    जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनाएपछि पठाएपछि खाण त्यसविरुद्ध उच्च अदालत पुगेका थिए।


    शुक्रवार, मंसिर २९ २०८००१:३९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij