Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

  • बिहिवार, आश्विन २९ २०७७

  • 1.8K
    SHARES

  • नवनियुक्त तीन मन्त्रीले लिए सपथ

    काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गर्नुभएको थियो । उहाँले पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो। यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ।

    उपप्रधानमन्त्री पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले राख्नुभएको छ । अन्य मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी यथावत् छ। बुधबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्ति र हेरफेरको निर्णय भएको जानकारी दिएको थियो।

     


    बिहिवार, आश्विन २९ २०७७१२:३५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij