Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारको कार्यशैलीप्रति प्रश्नै प्रश्न, सत्तारुढ कांग्रेस नै असन्तुष्ट, सरकार असफल भईसकेको प्रतिपक्षीको आरोप(खासखबर)

सरकारको कार्यशैलीप्रति प्रश्नै प्रश्न, सत्तारुढ कांग्रेस नै असन्तुष्ट, सरकार असफल भईसकेको प्रतिपक्षीको आरोप(खासखबर)

  • बिहिवार, मंसिर २८ २०८०

  • 417
    SHARES

  • सरकारको कार्यशैलीप्रति प्रश्नै प्रश्न, सत्तारुढ कांग्रेस नै असन्तुष्ट, सरकार असफल भईसकेको प्रतिपक्षीको आरोप(खासखबर)

    काठमाडौं। पछिल्लो पटक देशमा भईराखेका एकपछि अर्को काण्डले गर्दा सरकार माथि बारम्बार प्रश्न उठ्दै आएको छ। कहिँले एनसेल काण्ड, कहिले सुन काण्ड जस्ता विभिन्न बिषयले सरकारमाथि आम नागरिकले पनि पटक पटक प्रश्न उठाउन बाध्य भएका छन् ।

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त पछिल्लो समय भएको एनसेल खरिदबिक्री प्रकरणमा सरकारमै सामेल व्यक्तिहरुको मिलेमतो रहेको बताउँदै आवश्यक परे प्रमाण पेश गर्नेसम्मको चेतावनी दिनुभएको छ।प्रतिपक्षीले सरकार माथि प्रश्न उठाउनु र खवरदारी गर्नु त स्वभाविक हो तर पछिल्लो पटक विभीन्न काण्डहरु आईरहदा सत्तारुढ दल कांग्रेसले नै सुशासनका बिषयमा सरकारमाथि प्रश्न गर्न थालेको छ ।

    सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट असन्तुष्ट भएका छन् । हिजो बसेको कांग्रेसको शेखर समुहको बैठक पछि बोल्दै कांग्रेस महामन्त्री गगन थापाले नेपाली कांग्रेस सरकारमा भएकै बेला यस्ता काण्ड सार्वजनिक हुनु दुखदः भएको भन्दै यस बिषयमा आवाज उठाउने बताउनुहुन्छ ।

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताउनुहुन्छ । उहाँले देश दिनदिनै ओरालो लागेको भन्दै देशको यो अवस्थाबाट सबै चिन्तित भएको बताउनुभयो । वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि आजित भएको ओलीको दाबी छ ।

    प्रधानमन्त्री र सरकारको बचाउ गर्दै सत्तारुढ माओवादी केन्द्रका नेता माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँकी छोरी गंगा दाहाललाई लगाएको आरोप सरासर गलत भएको दाबी गर्नुहुन्छ । अमरेशकुमार सिंहको विषयलाई लिएर बहस गर्नु भनेको समयको बर्बादी मात्रै भएको उहाँको भनाई छ ।

    सरकारको एक बर्षको समिक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै नेपाली राजनीतिमा विकृती फैलिरहेको र सरकारमा बस्दा एउटा कुरा गर्ने तर बाहिर बस्दा कुरा फेर्ने यसले गर्दा राजनितीक अस्थिरता बढिरहेको सापकोटाको तर्क छ ।

    सुशासन कायम राख्नु सरकारको प्र्रमुख दायित्व हो तर जुनसुकै सरकार आएपनि सुशासनको अनुभुति जनताले गर्न पाएका छैनन् । आफ्नो दल, आफ्ना नेता र आफुले गरेको काम मात्र राम्रो भन्ने भ्रमबाट दलहरु मुक्त हुनु जरुरी छ ।

    आफ्नो पार्टी , सरकार र नेताहरुका गलत काम, कदमप्रति राजनितीक कार्यकर्ताले आवाज उठाउनुपर्छ नत्र देशमा खराव प्रवृतिले प्रश्रय पाईरहन्छ । सुशासनका लागि सर्वसाधारण जनताले पनि सरकारप्रति बारम्बार आवाज उठाउनुपर्छ ।

     


    बिहिवार, मंसिर २८ २०८००८:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij