Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

केपी ओलीमाथी आक्रमण प्रयास

केपी ओलीमाथी आक्रमण प्रयास

  • बिहिवार, मंसिर २८ २०८०

  • 743
    SHARES

  • केपी ओलीमाथी आक्रमण प्रयास

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ। मध्यपहाडी संकल्प यात्राको क्रममा आज धनकुटा पुग्नु भएका अध्यक्ष ओलीमाथी स्थानिय युवाबाट आक्रमणको प्रयास भएको हो ।

    भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा लेगुवा पुग्नु भएका अध्यक्ष ओलीमाथि महालक्ष्मी–५ धनकुटाका महेश राईले आक्रमणको प्रयास गरेका हुन्।

    ओलीसहितको टोलीलाई स्वागत गर्न फूलमाला र अविर लिएर लाइनमा बसेका राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन्। राईले आक्रमणको प्रयास गरेलगत्तै एमाले कार्यकर्ताले राईलाई नै कुटपिट गरेका थिए ।

    त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका राईले किन आक्रमण गरेका हुन् भन्ने बारे भने खुलेको छैन, यस सम्बन्धमा सोधपुछ बाँक िरहेको प्रहरीले जनाएको छ।

     


    बिहिवार, मंसिर २८ २०८००४:३७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij