Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

हस्तकला क्षेत्रको प्रवद्र्धन सरकारबाटै हुनुपर्छ : राष्ट्रपति पौडेल

हस्तकला क्षेत्रको प्रवद्र्धन सरकारबाटै हुनुपर्छ : राष्ट्रपति पौडेल

  • बिहिवार, मंसिर २८ २०८०

  • 358
    SHARES

  • हस्तकला क्षेत्रको प्रवद्र्धन सरकारबाटै हुनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला क्षेत्रको प्रवद्र्धन सरकारबाटै गर्नुपर्ने बताउनु भएको छ। आज काठमाडौंमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो।

    राष्ट्रपति पौडेलले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकोले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने आवशयकता रहेको बताउनुभयो।

    उहाँले सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न गर्न र उत्पादित वस्तुहरुको देश भित्र बजार बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपाली परम्परागत सीप र उत्पादनलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै समय सापेक्ष विकास गर्नुपर्ने बताउनुभयो।

    राष्ट्रपति पौडेलले हस्तकला व्यवसाय कृषिपछि देशमा विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको क्षेत्र भएपनि युवा पुस्तामा हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरण हुन नसकेको बताउनुभयो।


    बिहिवार, मंसिर २८ २०८००४:०९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij