Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा लगाइयो निषेधाज्ञा

कञ्चनपुरमा लगाइयो निषेधाज्ञा

  • बिहिवार, मंसिर २८ २०८०

  • 655
    SHARES

  • कञ्चनपुरमा लगाइयो निषेधाज्ञा

    काठमाडौं। कञ्चनपुरले महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरस्थित संविधान चोक क्षेत्रमा एक साता लामो निषेधाज्ञा घोषणा गरेको हो।

    भीमदत्त नगरपालिका–४ स्थित संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक राख्ने विषयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुनसक्ने जोखिम बढेपछी आजदेखि एक सातासम्म निषेधाज्ञा जारी गरेको हो।

    संविधान चोकका राष्ट्रिय प्रजातन्त्र पार्टीले आजा स्व.पूर्वराजा महेन्द्रको सालिक राख्ने भन्दै आजको मिति तोकेको थिए।उक्त सालिक राख्ने कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आँफै सहभागी हुने तयारी समेत रहेको थियो ।

    कार्यालयले जारी गरेको विज्ञप्तिअुनसार संविधान चोकबाट पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र संविधान चोकदेखि पश्चिममा मदनभण्डारीको सालिकसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको हो।

    यस्तो छ, प्रशासनले जारी गरेको विज्ञप्तीः

    Kanchanpur-1702545220.jpg

     


    बिहिवार, मंसिर २८ २०८००३:५८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij