Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सरकारको काम कारबाहीबाट सत्तामा रहेको कांग्रेस नै सन्तुष्ट छैन : ओली

सरकारको काम कारबाहीबाट सत्तामा रहेको कांग्रेस नै सन्तुष्ट छैन : ओली

  • बिहिवार, मंसिर २८ २०८०

  • 355
    SHARES

  • सरकारको काम कारबाहीबाट सत्तामा रहेको कांग्रेस नै सन्तुष्ट छैन : ओली

    काठमाडौं।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि आजित भएको दाबी गर्नुभएको छ।

    आज महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्न्ुभयो, ‘नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर ।

    ’ सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उहाँको भनाइ छ ।देश दिनदिनै ओरालो लागेको भन्दै उहाँले देशको यो अवस्थाबाट सबैमा चिन्तित भएको बताउनुभयो ।

    देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने पनि उहाँले बताउनुभयो ।


    बिहिवार, मंसिर २८ २०८०१२:५७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij