Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपालको राजनीतिमा परिवारवाद र पूजीवाद हाबी हुँदै, सेवाभन्दा पेसा बन्दै राजनीति, जनतालाई सास्ती(खासखबर)

नेपालको राजनीतिमा परिवारवाद र पूजीवाद हाबी हुँदै, सेवाभन्दा पेसा बन्दै राजनीति, जनतालाई सास्ती(खासखबर)

  • बुधवार, मंसिर २७ २०८०

  • 627
    SHARES

  • नेपालको राजनीतिमा परिवारवाद र पूजीवाद हाबी हुँदै, सेवाभन्दा पेसा बन्दै राजनीति, जनतालाई सास्ती(खासखबर)

    काठमाडौं। नेपालको राजनीतिमा परिवारवाद र पूजीवाद हाबी हुँदै जाँदा जनताले दुःख पाउँदै गएका छन्।पिछडिएका, विपन्न,अल्पसंख्यक नागरिक र वर्गहरुका लागि भन्दै ल्याइएको समानुपातिक प्रणाली नेताहरुको परिवारका सदस्यहरुलाई व्यवस्थापन गर्ने माध्यम भएकोले राजनीतिमा अराजकता निम्तिदै गएको छ।

    पूर्वप्रधानमन्त्री,प्रधानमन्त्री, पूर्वगृहमन्त्री, नेताहरुका परिवारका सदस्यहरु राज्यका कुनै न कुनै निकायमा नियुक्ति लिएर बसेका छन्। क्षमता र अनुभवका आधारमा भन्दा पनि शक्तिका भरमा भर्ना नियुक्ति गर्ने प्रचलन रहेको छ।राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीका अनुसार परिवारवाद हाबी हुँदा राजनीतिमा कु–संस्कार बढेको छ।

    राजनीतिककर्मीहरुले राजनीतिलाई सेवा भन्दा पनि पेसा बनाउँदै लगेपछि यो भित्र बेथिति शुरु भएको छ। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा गर्दा उहाँको परिवारभित्रका आधा दर्जन भन्दा बढी व्यक्ति राज्यका महत्वपूर्ण पदमा आसीन रहेका छन्।

    केही समयअघि उहाँकै राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिँदै गलत प्रणालीको हाबी भएकोले बाहिरिएको बताउनुभएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले पार्टीभित्र पनि अब्बल व्यक्तिहरु हुँदाहुँदै अवसरबाट बञ्चित भएको स्वीकार गर्नुभएको छ।

    सबै नीतिको मूल नीति राजनीति भएकोले यसलाई सही दिशामा लैजान सक्नुपर्दछ। हरेक काम गर्ने बेलामा मानिसमा लोभको ग्रन्थी पलाउँदै जाने हो भने आफ्नो इमानसँगै मुलुकलाई समेत टाँट पल्टाउने चेष्टा मात्रै हो।नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार यो हालतले मुलुकमा समाजवाद आउनेमा शंका छ,यसका लागि समग्र अर्थनीति परिवर्तन गर्न जरुरी समेत रहेको छ।

    मुलुक बिरामी परेका बेला छिमेकीले खिसिटिउरी गर्ने र हस्तक्षेपको नीति अख्तियार गर्ने खतरा बढ्दै गएको छ। असंलग्न परराष्ट्र नीतिलाई भत्काएर देखिने गरी अमुख देशको भक्तिगान गाउने राजनीतिक चरित्रले ओरालो गन्तव्यलाई निर्देश गर्ने पक्का छ।


    बुधवार, मंसिर २७ २०८००८:०३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij