Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘एमालेको गरेको देश विकास विरोधीले देख्नै सकेनन्’: केपी ओली

‘एमालेको गरेको देश विकास विरोधीले देख्नै सकेनन्’: केपी ओली

  • बुधवार, मंसिर २७ २०८०

  • 534
    SHARES

  • ‘एमालेको गरेको देश विकास विरोधीले देख्नै सकेनन्’: केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले छोटो समयमै पर्याप्त काम गरेको दाबी गर्नुभएको छ। एमालेको मध्यपहाडी लोकमार्क केन्द्रीत संकल्प यात्राका क्रममा भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो।

    एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उहाँको टिप्पणी छ । देश बनाउने काममा एमालेले मात्रै नेतृत्व गर्न सक्ने दाबी गर्दै ओलीले भन्न्ुभयो,‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’

    देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताउनुभयो। उहाँले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गर्नुभयो ।

    ओलीले भन्नुभयो, ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’ ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको भन्दै यो यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिनुभयो ।


    बुधवार, मंसिर २७ २०८००२:५७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij