Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेस इतर पक्षको बैठक सुरु, शेखर–गगन नजिक

नेपाली कांग्रेस इतर पक्षको बैठक सुरु, शेखर–गगन नजिक

  • बुधवार, मंसिर २७ २०८०

  • 707
    SHARES

  • नेपाली कांग्रेस इतर पक्षको बैठक सुरु, शेखर–गगन नजिक

    काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षको बैठक सुरु भएको छ।

    बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा इतर समूहका नेता डा. शेखर कोइरालाले बोलाएको बैठक बसेको हो।

    बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु अर्जुननसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायत कोइराला गुटबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरु उपस्थित छन्।

    शेखर र गगनबीच पछिल्लो समय खासगरी कोशी विद्रोहपछि संवादहीनताको अवस्था थियो । तर, नेता केसीसहित इतर पक्षको दबाबमा दुई नेताबीच वार्ता भएसँगै आजको बैठकमा महामन्त्री थापा आउन तयार भएका हुन् । शेखर र गगनबीच नेता केसीको घरमा वार्ता भएको थियो।

    आजको बैठकमा राष्ट्रियसभा निर्वाचान, केन्द्रीय कार्यसम्पादन समितिको बैठक, कांग्रेसले महासमिति बैठक लगायतको बिषयमा छलफल हुनेछ।

    पुसका लागि निर्धारित महासमिति बैठकलाई सभापति शेरबहादुर देउवाले फागुनमा पुर्‍याउने तयारी गर्नुभएको छ। सभापति देउवाको कार्यशैलीमा परिवर्तन नआएपछि कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन शेखरले आजको बैठक राखेको बताइएको छ ।

     


    बुधवार, मंसिर २७ २०८००२:१५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij