Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

  • बुधवार, मंसिर २७ २०८०

  • 485
    SHARES

  • संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत

    काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गर्नुभएको हो । गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिनुभएको थियो ।

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोक्नुभएको थियो । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ ।

    गौतमको राजीनामापछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिसमक्ष पाण्डेयलाई नियुक्तिको सिफारिस गरिसकेका छन् ।

    सभामुखले महासचिव नियुक्तिमा भएको ढिलाइबारे चासोसहित राष्ट्रपतिसँग संवाद गर्न चाहेपनि सम्पर्क भइनसकेको बताइएको छ ।

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले ८ महिनाअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेयलाई महासचिव बनाउन लागिएको बुझिएको छ ।


    बुधवार, मंसिर २७ २०८००२:०८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij