Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से सूचक २ हजार अंकमा उक्लियो

नेप्से सूचक २ हजार अंकमा उक्लियो

  • बुधवार, मंसिर २७ २०८०

  • 829
    SHARES

  • नेप्से सूचक २ हजार अंकमा उक्लियो

    काठमाडौं । लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४–१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो ।

    केन्द्रीय बैंकले गत शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । योसँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अंकमाथिको वृद्धि गर्दै २ हजार अंक माथिको विन्दु चुमेको हो ।

    मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अंकको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अंकको करेक्सन भएको थियो । त्यसयता मङ्गलवार पुनः ३६ अंकमाथिले बढेको नेप्से सूचक बुधवार (समाचार तयार पार्दासम्म) थप २४ अंकले बढ्दै २००९ अंकमा उक्लिएको छ ।

    यस्तै यता कारोबार समेत १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ माथि भइसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    त्यसो त मौद्रिक नीतिपछि बुधवार पत्रकारहरूसँग छलफलमा बसेका अर्थमन्त्री डा.प्रकाशशरण महतले लचक मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिसकेको र अब अर्थतन्त्रको अरू क्षेत्रहरू समेत क्रमशः सुधार हुँदै जाने बताउनुभयो ।

     


    बुधवार, मंसिर २७ २०८००२:०१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij