Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री

नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री

  • बुधवार, मंसिर २७ २०८०

  • 664
    SHARES

  • नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनुभएको छ। बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आउनु चिन्ताजनक भएको पनि बताउनुभयो ।

    ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीको भनाइ छ । उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताउनुभयो ।

    ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देश हितको पनि काम गर्न सकिन्छ’, प्रधानमन्त्रीले नेपालमै अवसर रहेको र स्वदेशमै काम गर्न सकिने बताउनुभयो ।


    बुधवार, मंसिर २७ २०८००१:५७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij