Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता शिवाकोटीको नेतृत्वमा भूकम्प पिडितका लागि ५० घर निर्माण र हस्तान्तरण

काँग्रेस नेता शिवाकोटीको नेतृत्वमा भूकम्प पिडितका लागि ५० घर निर्माण र हस्तान्तरण

  • मंगलवार, मंसिर २६ २०८०

  • 496
    SHARES

  • काँग्रेस नेता शिवाकोटीको नेतृत्वमा भूकम्प पिडितका लागि ५० घर निर्माण र हस्तान्तरण

    काठमाडौं।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयवावु सिवाकोटीको नेतृत्वमा पश्चिम रुकुमका भूकम्प पिडितहरुका लागि बनाईएको ५० घर उनीहरुलाई हस्तान्तरण गरिएको छ।

    पश्चिम रुकुमको अति दुर्गममा पर्ने आठ विसकोट नगरपालिकाको वडा नं. ११, १२, १३ र १४ मा ५० घर निर्माण गरि हिजो हस्तान्तरण गरिएको हो ।

    नेता सिवाकोटीको नेतृत्वमा स्थानीय वासिन्दा तथा पिडितहरु, स्थानीय मिस्त्री र काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको टोलीले १५ दिनमा ५० घर निर्माण गरेको हो।पहिलो चरणमा १५ र दोस्रो चरणमा ३५ घर निर्माण गरिएको उहाँले बताउनु भयो ।

    भूकम्पका कारण घर भत्कीएपछि पालमुनी बस्दै आएका भूकम्प पिडितहरुले नयाँ अस्थायी टहरामा बस्न पाएपछि ठूलो राहत महसुस गरेका छन् । जाडोको बेला घर टहरा नहुँदा भूकम्प पिडितहरु थप समस्यामा परेका थिए । उनीहरुले काँग्रेस नेता सिवाकोटी सहित घर टहरा निर्माण कार्यमा खटिएकाहरुलाई धन्यवाद दिएका छन् ।

    नेता सिवाकोटीले पनि उनीहरुमा छाएको खुशी देखेर आफूहरुलाई ठुलो सन्तुष्टि भएको अनुभव सुनाउनु भयो । “यस्ता घर यहाँ हजारौँ बनाउनु पर्ने छ, तर हामीले सन्देश सहित सानो सहयोगका लागि घर टहरा निर्माण गरिदिएका हौँ, अरु त सरकारले बनाइदिनु पर्छ,” नेता शिवाकोटीले निर्माणस्थलबाट भन्नुभयो । उहाँले सबैलाई घर टहरा निर्माण गरिदिने कार्य चाडो गराउन सरकारलाई आग्रह पनि गर्नुभयो ।


    मंगलवार, मंसिर २६ २०८००७:४७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij