काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताउनु भएको छ। नवलपरासीको रामग्राम स्तुपमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वमा शान्ति स्थापनाकालागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताउनु भयो।
उहाँले आफूलाई सम्राट अशोकसंग तुलना गर्दै ठूलाठूला युद्ध गरेर आएका सम्राट अशोकले बुद्धलाई स्थापित गरेजस्तै आफू पनि देश र देशबाहिर शान्तिका लागि लागिरहने बताउनु भयो।
संयुक्त राष्ट्रसंघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसलाई लुम्बिनी भ्रमण गराएको उल्लेख गर्दै नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति नयाँ प्रतिवद्धता प्रस्तुत भएको बताउनुभयो।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती,बुद्धको एकमात्र अस्तु धातु रहेको रामग्रामको विकास गर्ने र रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने सरकारको योजना रहेको बताउनुभयो।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले रामग्रामको पनि लुम्बिनीको जस्तै विकास गर्नेगरी कोषले काम गर्ने बताउनुभयो।