Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कोसीका मुख्यमन्त्री कार्की सवार गाडीमा ‘पहिचानवादी’को आक्रमण

कोसीका मुख्यमन्त्री कार्की सवार गाडीमा ‘पहिचानवादी’को आक्रमण

  • मंगलवार, मंसिर २६ २०८०

  • 864
    SHARES

  • कोसीका मुख्यमन्त्री कार्की सवार गाडीमा ‘पहिचानवादी’को आक्रमण

    काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ समुहले आक्रमण गरेको छ। झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा पहिचानवादी कार्यकर्ताले आक्रमण गरेका हुन् ।

    आक्रमणबाट गाडीमा केहि क्षति पुगे पनि कार्की भने सकुशल हुनुहुन्छ ।इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोज लामाकाअनुसार कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो।

    घटनामा संलग्नको खोजी सुरु गरिएको छ।एउटा समूहले कालो झन्डा देखाउँदै गर्दा केही ‘स्लो’ भएको गाडीमा अर्को ‘ग्रुप’ले अलि पर पुगेपछि ढुंगा हानेको लामाले बताउनुभयो ।

    प्रदेश नम्बर–१ पुनः नामकरण समितिले कोसी प्रदेशको पक्षमा मतदान गर्ने ८२ सांसदलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेको थियो ।


    मंगलवार, मंसिर २६ २०८००२:२८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij