Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमाले संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ

एमाले संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ

  • मंगलवार, मंसिर २६ २०८०

  • 637
    SHARES

  • एमाले संकल्प यात्रामा अवरोध गर्न खोज्ने गोपाल किरातीसहित १० जना पक्राउ

    काठमाडौं । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्न खोज्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् ।

    किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । पक्राउ परेका किरातीले सुरक्षा व्यवस्थालाई खलल नपुगोस् भनेर आफु प्रहरीको गाडीमा चढेको प्रतिक्रिया दिएका छन् ।

    कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । भोजपुरबाट पक्राउ पर्नेहरूमा मिना राई, दिनेश राई , पनन राई , विदुर राई रहेका छन् । त्यस्तै हलेसीबाट पूर्वमन्त्री किरातीसहित राजेश राई, गन्धमान राई र विजय राई तथा खोटाङबाट उदिम राई पक्राउ परेका छन् ।

    नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गरेको छ ।


    मंगलवार, मंसिर २६ २०८००१:५३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij