Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

जारी संकल्पयात्रामा अवरोध नगर्न एमालेको अपिल

जारी संकल्पयात्रामा अवरोध नगर्न एमालेको अपिल

  • मंगलवार, मंसिर २६ २०८०

  • 335
    SHARES

  • जारी संकल्पयात्रामा अवरोध नगर्न एमालेको अपिल

    काठमाडौं । नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहले एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकामा पार्टीको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले प्रदेश, सडक बन्दलगायत गतिविधि गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहलाई अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो ।

    यस्तै उहाँले यस्ता अभियानमा अवरोध नगर्न र सहयोग गर्न आग्रह गर्नुभयो । जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको उहाँको भनाइ छ । उहाँले राजनीतिक दलको अभियानमा अवरोध नगर्न र असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण ढंगले गुनासा राख्न आग्रह गर्नुभयो ।

    कोसी प्रदेश नामको विषय प्रदेशसभाको सवाल भएको उहाँले उल्लेख गर्नुभयो । त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेशसभामा लगेर छलफल गर्ने वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कोसी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले आफ्नो पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने उहाँले बताउनुभयो ।

    एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै छ ।


    मंगलवार, मंसिर २६ २०८०१०:३४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij