Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

गगन र शेखरबीचको संवादविहीनता अन्त्य, आज बोलाईएको बैठक भोलि बस्ने सहमति

गगन र शेखरबीचको संवादविहीनता अन्त्य, आज बोलाईएको बैठक भोलि बस्ने सहमति

  • मंगलवार, मंसिर २६ २०८०

  • 370
    SHARES

  • गगन र शेखरबीचको संवादविहीनता अन्त्य, आज बोलाईएको बैठक भोलि बस्ने सहमति

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरका दुई नेता महामन्त्री गगन थापा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचको वार्ता सकारात्मक टुंगिएको छ । दुई नेताबीचको वार्ता सकारात्मक भएपछि कोइरालाको आह्वानमा आज बोलाइएको बैठक भोलि (बुधबार) बस्ने सहमहामन्त्री जीवन परियारले बताउनुभयो । थापा र कोईरालाबीच डिनर मिटिङमा गम्भीर छलफल भएर सहमति बनेसँगै बैठक भोलिका लागि सारिएको हो । डिनर मिटिङमा थापा र कोईरालाबीच गम्भीर छलफल भएको  बुझिएको छ ।

    १४ औँ महाधिवेशनमा एउटै खेमा बनाएर चुनावमा उत्रिएका थापा र कोईरालाबीच पछिल्लो केही समयदेखि संवादविहीनताको अवस्था आएपछि कांग्रेसको संस्थापन इतर पक्ष कमजोर हुँदै आएको थियो । सोही विषयलाई मनन गर्दै अर्का नेता अर्जुननरसिंह केसीको समन्वयमा दुई नेताबीच हिजो गम्भीर छलफल भएको हो ।

    हिजो भएको उक्त छलफलपछि दुवैबीचको संवादविहीनताको अन्त्य भएको छ । साथै दुवैले मिलेर फेरि संगठित हुने सहमति गरेका छन् । भोलिको बैठकमा दुवै नेताबीच एउटै एजेण्डामा छलफल हुने भएको छ ।

     


    मंगलवार, मंसिर २६ २०८००७:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij