काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वरमा ‘टुटेको तारा’ बोलको गीत सार्वजनिक भएको छ ।
चलचित्र ‘चिठ्ठी’ मा रहेको उक्त गीतमा सञ्चारकर्मी, गायक तथा संगीतकार सरोज कोईरालाको संगीत रहेको छ भने डा. कृष्णहरि बरालको शब्द रहेको छ । लिरिकल भिडियोसहित सार्वजनिक एक प्रेम कथामा आधारित गीतमा आफूले माया गरेकी प्रेमिकासंगको धोका, बिछोड र पिडालाई मूख्य विषय बनाइएको छ ।
चलचित्रको लेखक तथा निर्देशक कलाकार माधव राज खरेल हुनुहुन्छ भन संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल लगायत कलाकारको मूख्य अभिनय रहेको छ ।
उक्त गीतलाई ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
संगीतकार कोईरालाले गाएका र संगीत भरेका थुप्रै गीतहरु बजारमा आएका छन् जुन गीतलाई दर्शक तथा श्रोताहरुले माया पनि गरेका छन् ।