Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमाले जत्तिको लोकप्रिय पार्टी अरु कुनै छैन : अध्यक्ष ओली

एमाले जत्तिको लोकप्रिय पार्टी अरु कुनै छैन : अध्यक्ष ओली

  • सोमवार, मंसिर २५ २०८०

  • 554
    SHARES

  • एमाले जत्तिको लोकप्रिय पार्टी अरु कुनै छैन : अध्यक्ष ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउने षडयन्त्र परास्त गरेर लोकप्रिय पार्टी बन्न सफल भएको दाबि गर्नुभएको छ।

    झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आज सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास गर्दा पनि असफल भएको बताउनु भयो।

    अध्यक्ष ओलीले एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाएको जिकिर गर्नुभयो। एमालेले मात्रै देशको रक्षा गर्न सक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनु भयो।

    एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भएको जिकिर गर्नुभयो। उहाँले एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगायतका विकासका काम गरको भन्दै तर्सिनुपर्ने,डराउनुपर्ने र अल्मलिनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो।


    सोमवार, मंसिर २५ २०८००४:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij