काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लाागि अहिलेसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन्। आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन अहिलेसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।
निर्वाचन आयोगका अनुसार दल दर्ताको दोस्रो दिन आजसम्म पाँच दलले दर्ताका लागी निवेदन दिएपनि नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दलहरु अझै दर्ता गरेका छैनन्।माघ ११ का लागी तय निर्वाचनका लागि हिजोबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो।
निर्वाचन तालिकाअनुसार मंसिर २९ गतेसम्म दल दर्ता गर्न सकिनेछ। आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।