Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल राष्ट्र बैंकले साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

  • सोमवार, मंसिर २५ २०८०

  • 482
    SHARES

  • नेपाल राष्ट्र बैंकले साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

    बैंकले मङ्सिर २६ गते अर्थात मंगलबार जारी गर्ने गरी ९१ दिने र १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

    कूल ट्रेजरी मध्ये ८ अर्ब रुपैयाँ नयाँ जारी गर्न लागेको केन्द्रीय बैंकले बाँकी १० अर्ब ५० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरीकै नवीकरण गर्ने भएको हो ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।

    यसअघि केन्द्रीय बैंकले मङ्सिर १८ गते १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


    सोमवार, मंसिर २५ २०८००२:००:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij