Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नवनियुक्त तीन मन्त्रीहरुले भोलि बिहान पद तथा गोपनीयताको सपथ लिने

नवनियुक्त तीन मन्त्रीहरुले भोलि बिहान पद तथा गोपनीयताको सपथ लिने

  • बुधवार, आश्विन २८ २०७७

  • 1.3K
    SHARES

  • नवनियुक्त तीन मन्त्रीहरुले भोलि बिहान पद तथा गोपनीयताको सपथ लिने

    काठमाडौं । नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ । यद्यपी समय भने तय भइसकेको छैन  । मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । 

    नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गरेकी हुन् । 

    यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो । 

    यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् ।यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । 

    यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् । 

     


    बुधवार, आश्विन २८ २०७७०७:१४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij