Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषदमा सामान्य हेरफेरः अर्थमा बिष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

मन्त्रिपरिषदमा सामान्य हेरफेरः अर्थमा बिष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

  • बुधवार, आश्विन २८ २०७७

  • 1.9K
    SHARES

  • मन्त्रिपरिषदमा सामान्य हेरफेरः अर्थमा बिष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

    त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा साँढे दुई घण्टा लामो छलफल गर्नुभएको थियो ।

    निरन्तर छलफल गरेर उहाले नयाँ मन्त्रीको छनोट गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ वा भोली विहान गराउने भन्नेबारे निश्चित भएको छैन ।

    हेर्नुस् मन्त्रीहरुको सूची

    Mantri suchi.png


    बुधवार, आश्विन २८ २०७७०६:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij