Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, द्वन्द्वकालीन घाउ अझै चर्किँदै, अधिकार संरक्षणमा राज्य नै निरीह (खास खबर)

आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, द्वन्द्वकालीन घाउ अझै चर्किँदै, अधिकार संरक्षणमा राज्य नै निरीह (खास खबर)

  • आइतवार, मंसिर २४ २०८०

  • 341
    SHARES

  • आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, द्वन्द्वकालीन घाउ अझै चर्किँदै, अधिकार संरक्षणमा राज्य नै निरीह (खास खबर)
    काठमाडौं । आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । नेपालमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालकै उपस्थितिमा कार्यक्रम गरी मनाइयो । संयोग, प्रधानमन्त्री आफैले पनि मानव अधिकार उल्लंघनका घटना हुने १० वर्षे शसस्त्रद्वन्द्वको नेतृत्व लिनुभएको थियो । त्यतिबेलाका मुद्दा पनि हालसम्म टुंगिन सकेका छैनन् । तत्कालीन द्वन्द्वका घाउलाई पटकपटक ब्युँताउने कार्यपनि भइरहेको पाइन्छ । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भइसक्दा पनि त्यतिबेलाका घटना जस्ताको तस्तै रहेका छन् । तत्कालीन माओवादीकै नेताहरूमाथि परेका उजुरीहरूको आदेश अहिले आइरहँदा प्रधानमन्त्री आफै चिन्तामा देखिनुभएको छ । आजै पनि प्रचण्डले पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन पहल गरिरहेको आश्वासन दिनुभएको छ । 
     
    राष्ट्रिय मानवअधिकारको तथ्यांकमा पनि नागरिकको अधिकार माथि पटकपटक हस्तक्षेप हुने गरेको प्रक्षेपण छ । पछिल्लो समय हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा पीडितले न्याय नपाउने गरेका घटना दृश्यमा आउने गरेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलको भनाइ छ । 
     
    मुलुकमा लोकतन्त्र, गणतन्त्र स्थापना भएपनि नागरिकका हक अधिकार कुण्ठित हुँदै गएको नागरिक सचेतक चरण प्रसाईंको भनाइ छ । विभिन्न खाले मुद्दाहरूमा पीडक हाबी हुँदा र न्यायपालिका कार्यपालिको छायामा पर्दा समस्या भइरहेको उहाँको भनाइ छ । 
     
    मानव अधिकारको विश्वव्यापी घोषणापत्र–१९४८ मा उल्लेख गरिएका आधारभूत मानव अधिकारहरू जन्मदेखि मृत्युसम्म प्रत्येक व्यक्तिसँग सम्बन्धित छन् । मानव अधिकार आन्दोलनको सूत्रपात मूलतः राज्य र सरकारविरुद्ध भएको थियो । अहिले पश्चिमी लोकतन्त्र अन्तर्गत युद्ध र जातिवाद सामान्य भएको छ । लोकतन्त्र कतै पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन । जताततैको राजनीतिक नेतृत्व वर्गमा नागरिकशास्त्रको आधारभूत व्यवहारको अभाव छ । विश्वका हरेक नागरिकले स्वतन्त्र रुपमा आफ्नो अधिकारको प्रत्याभूत गर्न पाउनु पर्दछ । 
     


    आइतवार, मंसिर २४ २०८००७:५८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij