Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न ९२ हजार जनशक्ति आवश्यक: स्वास्थ्यमन्त्री बस्नेत

नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न ९२ हजार जनशक्ति आवश्यक: स्वास्थ्यमन्त्री बस्नेत

  • शनिवार, मंसिर २३ २०८०

  • 390
    SHARES

  • नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न ९२ हजार जनशक्ति आवश्यक: स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताउनुभएको छ ।

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा अन्तर्राष्ट्रिय नेत्र विशेषज्ञको सम्मेलनको उद्घाटन गर्दै मन्त्री बस्नेतले सहज सेवा प्रवाह गर्न आफू नेतृत्वको मन्त्रालयले प्रयत्न गरिरहेको बताउनुभयो ।

    स्वास्थ्य सेवा सबैमा पुर्याउन दक्ष जनशक्ति, सुविधासम्पन्न भवन र उपकरणको आवश्यक परेको तथा ती आवश्यकता परिपूर्ति गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री बस्नतेले सीमित स्रोतसाधनले अधिक काम गर्नुपर्ने परिस्थिति सृजना भएको बताउनुभयो । मन्त्रालयको बजेट कटौतीका कारण त्यस्तो अवस्था आएको उहाँको भनाइ छ ।

    बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. सगुन जोशी, अस्पतालका संरक्षक हिरोको मासुनागा, सञ्चालक समितिका अध्यक्ष मधु आचार्यले सन् २००७ मा साप्ताहिक क्लिनिकको रुपमा बनेपा बजारबाट सुरु गरिएको सेवा अहिले काभ्रे जिल्लामा मात्र नभएर सिन्धुपाल्चोक, धनुषालायत क्षेत्रमा विस्तार भएकामा त्यसको सराहना गर्नुभयो ।

     


    शनिवार, मंसिर २३ २०८०१०:३५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij