Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारद्वारा जर्मनीबाट सहायता बापत आएको ५ अर्ब ९ करोड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारद्वारा जर्मनीबाट सहायता बापत आएको ५ अर्ब ९ करोड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

  • शुक्रवार, मंसिर २२ २०८०

  • 884
    SHARES

  • सरकारद्वारा जर्मनीबाट सहायता बापत आएको ५ अर्ब ९ करोड स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
    काठमाडौं । सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन यूरो (करिब पाँच अर्ब नौ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
     
    मङ्सिर २१ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहायता स्वकार गर्ने र उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय गरेको हो ।
     
    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार(आज) सार्वजनिक गर्नुहुँदै विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब नेपाली रुपियाँ) ऋणसम्बन्धी सम्झौताको दस्ताबेजलाई अन्तिम रूप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियार दिने निर्णय भएको जानकारी दिनुभयो ।
     
    यसैगरी, पोलिटेन्किक इन्स्टिच्यूट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरेबिया सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
     
    मन्त्री शर्माले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाइ इम्प्याक्ट कम्यूनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । त्यस्तै, बैठकले अन्य विभिन्न १८ वटा निर्णय गरेको छ ।

    यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णयहरुः


    शुक्रवार, मंसिर २२ २०८००५:१४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij