Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्यो

सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्यो

  • शुक्रवार, मंसिर २२ २०८०

  • 887
    SHARES

  • सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्यो

    काठमाडौं। सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    प्रवत्ता शर्माले मन्त्रिपरिषद्, प्रशासन समितिबाट पेश भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिल तथा बालबालिका विभाग खारेज गर्ने निर्णय भएको जानकारी दिनुभयो।

    उहाँले आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागू गरेको बताउनु भयो। सरकारले राष्ट्रपति कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

     


    शुक्रवार, मंसिर २२ २०८००४:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij