Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

शेखर कोइरालाको चेतावनीः ‘यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस सकिन्छ’

शेखर कोइरालाको चेतावनीः ‘यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस सकिन्छ’

  • शुक्रवार, मंसिर २२ २०८०

  • 530
    SHARES

  • शेखर कोइरालाको चेतावनीः ‘यही गठबन्धनलाई निरन्तरता दिए कांग्रेस सकिन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धनलाई निरन्तरता पाए कांग्रेस नै सकिने चेतावनी दिनुभएको छ ।

    आज काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह विमोचन गर्दै नेता कोइरालाले कम्युनिस्ट पार्टीसँगको वर्तमान गठबन्धनलाई काँग्रेसले निरन्तरता दिनै नहुने बताउनु भएको हो।

    उहाँले लोकतान्त्रिक पार्टीसँग मात्र गठबन्धन हुनेमा जोड दिदैं कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए पार्टी विस्तारै सकिँदै जाने बताउँदै जाने दोहोराउनु भयो। अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा उहाँको जोड थियो।

    त्यस्तै, उहाँले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेसलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको बताउनुभयो।नेता कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने धारणा राख्नुभयो ।


    शुक्रवार, मंसिर २२ २०८००४:१७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij