Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने सम्भावना !

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने सम्भावना !

  • बुधवार, आश्विन २८ २०७७

  • 936
    SHARES

  • वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने सम्भावना !

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने सम्भवना देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उहाँको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो ।

    सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा कोरोना भाइरसका कारण संवैधानिक इजलास बस्न नसकेको बताइएको छ । हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । असोज पहिलो साता सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

    २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गर्नुभएको थियो ।

     


    बुधवार, आश्विन २८ २०७७०२:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij