काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेल प्रकरणमा राजनीतिक नेतृत्वकै ठूलो साँठगाँठ रहेको आरोप लगाउनुभएको छ । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थापाले एनसेलको सन्दर्भमा अहिले आएका कुरा रातारात नभएको भन्दै राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ रहेको बताउनु भएको हो ।
राजनीतिक साँठगाँठ तथा भरथेग नभइकन प्रकरण सम्भव नभएको थापाले दाबी गर्नुभयो। उहाँले भन्नुभयो,‘एनसेलको सन्दर्भमा जे कुराहरु भएको छ यो अहिले रातारात भएको होइन। यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साँठगाँठ, ठूलो भरथेग र ठूलो भरोसा नभइकन यो प्रकरण भएको छैन।’
उहाँले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समितिमाथि राज्य व्यवस्था समितिले नजिकबाट नियाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्न्ुभयो, ‘सरकारले बनाएको समितिले चोख्याउने वा कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ।’