Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई पोखरामा कालोझण्डा, ओली लागे लमजुङतर्फ

केपी ओलीलाई पोखरामा कालोझण्डा, ओली लागे लमजुङतर्फ

  • शुक्रवार, मंसिर २२ २०८०

  • 883
    SHARES

  • केपी ओलीलाई पोखरामा कालोझण्डा, ओली लागे लमजुङतर्फ

    काठमाडौं। पोखरामा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ। एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत पोखरा पुग्नुभएका अध्यक्ष ओलीलाई स्थानिय युवाहरुले कालो झण्डा देखाएका हुन्।

    पोखराको बेगनासताल नजिक ओलीसहित एमालेको टोली पुग्दा त्यहाँका युवाहरुले कालोझण्डा देखाएर संकल्प यात्राकै विरोध जनाएका हुन्। कालो झण्डा देखाउने युवाहरुले आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप लगाएका छन्।

    बोल्दा मात्रै समृद्धिको कुरा गर्ने तर व्यवहार फरक गरेको भन्दै स्थानीय सुरेश लामिछानेले भन्नुभयो,‘बोल्दा मात्रै समृद्धि हो। फिल्डमा समृद्धि कहिले आउँछ?’ उहाँले थप्नुभयो,‘हाम्रो ठाउँको बाटो किन बनेन भनेर सोध्न नपाउने हुन्छ ? बाटो हिँड्नै नहुने भैसक्यो, घरसम्म धुलो आइपुग्छ।’

    युवाहरुले कालोझण्डा देखाउँदा अन्य एमाले सदस्यहरुले रोकेका थिए भने अध्यक्ष ओली पोखराबाट बेगनास हुँदै लमजुङतर्फ लाग्नुभएको छ।

    सुरुमा यहि बाटोलाई मध्यपहाडी लोकमार्गमा जोड्ने प्रयास गरिएको थियो। पछि राजनीतिक खिचातानीका कारण बाटो अन्तैबाट गयो । ‘१० वर्ष भैसक्यो बाटो नबनेको। समृद्धिको लागि टोली हिँडेको छ। हाम्रो हालत यस्तो छ,’ लामिछानेले भन्नुभयो ।


    शुक्रवार, मंसिर २२ २०८००३:४१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij