Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सत्ता र प्रतिपक्षको जुहारी,आ–आफ्नै दाबी,एकअर्कालाई कटाक्षबाहेक प्रगति हुनै नसकेको विश्लेषकहरुको भनाई(खासखबर)

सत्ता र प्रतिपक्षको जुहारी,आ–आफ्नै दाबी,एकअर्कालाई कटाक्षबाहेक प्रगति हुनै नसकेको विश्लेषकहरुको भनाई(खासखबर)

  • बिहिवार, मंसिर २१ २०८०

  • 390
    SHARES

  • सत्ता र प्रतिपक्षको जुहारी,आ–आफ्नै दाबी,एकअर्कालाई कटाक्षबाहेक प्रगति हुनै नसकेको विश्लेषकहरुको भनाई(खासखबर)

    काठमाडौं। मुलुकको अर्थतन्त्र धरासायी अवस्थामा परिरहेका बेला बाह्य लगानी रहेको एनसेल प्रकरणले चुनौती थपेको छ । सरकारीकै केही पदाधिकारीको संलग्नतामा एनसेल खरिद बिक्री भइरहेको आरोप लागेका बेला सरकारले समिति गठन गरेको छ । अर्थतन्त्रका सुचकहरु खस्किँदै गइरहेका बेला लगानीको वातावरण हट्दै गएको छ ।

    यो अवस्थामा सरकार भने समृद्धिको दिशा तर्फ मुलुक अघि बढेको दाबी गरिरहेको छ । तथ्यांकले अर्थतन्त्र सुधार भइरहेको देखिएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका सबै निकायहरुको ऐक्यवद्धता हुनुपर्ने बताउनुभयो । नेपाललाई लगानीको गन्तव्य बनाउन विश्व समुदायलाई आग्रह गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाउनुभएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको क्रममा बागलुङको आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड सरकारले देशको इज्जत समाप्त पार्ने टिप्पणी गर्नुभयो । सरकार गैरजिम्मेवार भएर इमान नभएर बसेको बताउँदै उहाँले राजीनामा दिनुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

    सरकार र प्रतिपक्षीको दोहोरीलाई राजनीतिक विश्लेषकहरुले रमिताका रुपमा चित्रण गरेका छन् । मुलुक अधोगतिमा गइरहेका बेला प्रधानमन्त्री प्रचण्डको कमजोरी देखिएपनि प्रतिपक्षी दल एमालेले समेत समृद्धिको खाका प्रस्तुत गर्न नसकेको राजनीतिक विश्लेषक भेषराज घिमिरेको भनाइ छ । अरुलाई दोषारोपण गरेर आफू उम्किने चलाखीलाई जनताले स्पष्ट बुझिसकेको उहाँको तर्क छ ।

    सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरु एकअर्कालाई सराप्ने काममा उत्रिँदा मुलुकको समृद्धि हुन सकेको छैन । संकटका बेला दलहरु एककित्तामा नउभिँदा बाह्य र सडक शक्तिको असर मुलुकलाई पर्ने गरेको छ । व्यवस्थामाथि नै अवरोध आउने संकेत देखिएका बेला दलहरु आपसी मतभेदमा रमाइरहेका छन् ।


    बिहिवार, मंसिर २१ २०८००८:२०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij