Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा रडाको : ओली–प्रचण्डबीच आज पनि छलफल, ठोस निष्कर्ष निस्किएन

नेकपा रडाको : ओली–प्रचण्डबीच आज पनि छलफल, ठोस निष्कर्ष निस्किएन

  • बुधवार, आश्विन २८ २०७७

  • 872
    SHARES

  • नेकपा रडाको : ओली–प्रचण्डबीच आज पनि छलफल, ठोस निष्कर्ष निस्किएन

    काठमाडौं । सत्तारुढ नेकपाको कर्णाली संसदीय दलमा समस्या देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार पनि छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा ठोस निष्कर्ष भने ननिस्किएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कर्णाली प्रदेशका पदाधिकारी, प्रदेशका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, निलम्बन गरिएका मुख्य सचेतक गुलाबजंग शाह, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित नेताहरू काठमाडौं झिकाइएको छ ।

    बिहीबार पनि दुवै अध्यक्ष बसेर पुनः छलफल गर्ने कार्यसूची छ । कर्णालीका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि समस्या सहमा आएको छ ।

    त्यसपछि मुख्यमन्त्री शाहीले कर्णालीका नेकपा प्रमुख सचेतक गुलाबजंग शाहलाइृ पदमुक्त गर्नुभएको थियो । यी समग्र विवादित विषयमा छलफल गर्न कर्णाली प्रदेशका पदाधिकारीहरुलाई काठमाडौं झिकाइएको हो ।


    बुधवार, आश्विन २८ २०७७०१:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij